उ विद्रोहको मशाल–बलराम थापा

उ विद्रोहको मशाल–बलराम थापा 1

तिनीहरू कैद गर्न चाहन्छ्न
अँध्यारो गुफामा
उनको गौरवगाथा
किनकी
तिनलाई अझै पोल्छ
उनको बिद्रोहको रापले
तिनीहरू अझै तर्सन्छ्न
उनको आवाजले
उनकै शब्दमा
`भातेहरू, पशुप्राणीहरू
दुई छाक भात र एक अँगालो स्वास्नीका धनीहरू´
हो, तिनीहरूलाई बिछ्ट्टै पोल्छ
उनको तस्बिरबाट निस्किएको निश्वाशले
*** *** *** ***
`थाहा´ नपाएका `चेत´ नखुलेका
सबै- सबैलाई लाग्ने गर्छ
इतिहास केबल बितेका कथाहरू हुन
जो मरेको छैन अझै
र देखिरहेको छ नयाँ संसारको सपना
तिनीहरूका लागि
हो, तिनीहरूका लागि
इतिहास एउटा गौरवगाथा हो
बीरहरूले बोकेको
बिद्रोहको झण्डा
अझ माथी उठाउनु हो
कायरहरूले छोपेको \ ढाकेको
बिश्वासको दियो
अझै प्रज्वलित पार्नु हो
उनको निष्ठाको धरहरा
ढल्न \ ढाल्न निदिनु हो
यसैलाई आत्मसात गर्दै
अघि बढिरहेका छ्न
उज्यालोको खोजमा
अझै एक हुल मान्छेहरू ।
यो कविता थापाको फेसबुक वालबाट साभार गरिएको हो । कविताको शिर्षक हामीले नै दिएका हौं–सम्पादक

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..