पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण

पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण 1

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ । कोरोना देखिएका खेलाडी सेल्फ आइसोलेसनमा रहेको बताईएको छ ।

इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि खेलाडीमा परिक्षण गरिएको थियो । अन्य दुई खेलाडी इमाद वासिम र उस्मान सिनवारीलाई भने नेगेटिभ देखिएको छ ।

पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ । घरेलु टिमसँगको टेष्ट र टीट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ ।

पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टीट्वान्टी सिरिज खेल्नेछ । दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टीट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..