तनहुँको क्वारेन्टाइनमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

सोही ठाउँका ४९ वर्षीय हिरासिंह परियार मंगलबार राति करिब ८ बजे भवनभित्रै क्वारेन्टाइनमै झुन्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद रिमालले जानकारी दिए।

परियार भारतबाट असार ४ गते घर फर्र्किएका थिए। उनलाई असार ४ मा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट गाउँपालिकाले लगेर गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

उनी असार ५ मा उक्त क्वारेन्टाइनबाट भागेका थिए। क्वारेन्टाइनमबाट भागेका उनलाई असार ६ मा घिरिङकै थानीवन सामुदायकि वनमा फेला पारेर चन्द्रज्योति माविको क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य अधिकृत रिमाल बताउँछन्।

मृतकका परिवार र प्रहरीलाई घटनाबारे जानकारी गराइसकिएको र उनीहरु घटनास्थलमा पुगेपछि आवश्यक अन्य प्रक्रिया अघि बढ्ने रिमालको भनाइ छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..