राजनीति भनेको के हो ? (जोक)

छोराले आफ्नो बाबुसँग सोध्यो–

यो राजनीति भनेको के हो ?

बाबुः हेर छोरा, तेरी आमा घर चलाउँछिन्, त्यसलाई सरकार मान, म कमाएर ल्याउँछु, मलाई कर्मचारी मान, घरमा काम गर्ने केटी काम गर्छिन्, उसलाई मजदुर मान, तँ देशको जनता होस् अनि तेरो भाइ देशको भविष्य, यही हो राजनीति ।

छोराले कुरो बुझेझैं गर्दै भन्यो–

छोराः अँ अब मैले राजनीति मज्जाले बुझेँ बुबा । हिजो राति मैले देखेँ । सरकार मस्त निद्रामा थियो । कर्मचारी किचेनमा मजदुरसँग रमाइलो गर्दै थियो । जनताको कसैलाई मतलब थिएन । अनि देशको भविष्य रोइरहेको थियो……।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..