
कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गएराति प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ७ सय २९ पुगेको छ ।
नयाँ संक्रमितमा स्याङ्जाका ७, लमजुङका ५, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का ३, पर्वत, बागलुङ, तनहुँ र गोरखाका १–१ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।