कोरोना महामारीका बेला मेक्सिकोमा शक्तिशाली भूकम्प, हजारौँ मानिस रातभर सडकमा

एजेन्सी । विश्वभर कोरोना महामारीको त्रास भइरहेका बेला मेक्सिकोमा भने शक्तिशाली भूकम्प गएको छ। मंगलबार गएको भूकम्पका कारण ५ जनाको मृत्यु भएको छ भने कयौँ मानिस विस्थापित भएका छन्।

मेक्सिकोको ओक्साका राज्यमा गएको भूकम्प ७.४ म्याग्निच्युडको भएको अमेरिकाको भूगर्भ विभागले जनाएको छ। भूकम्प यति तिव्र गतिमा गएको थियो कि भवनहरु निकै हल्लिएका थिए। भूकम्पपछि हज्जारौँ मानिस रातभर सडकमै बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पको केन्द्रबिन्दु ओक्साका छेउको प्रशान्त महासागरको तटमा परेको जनाइएको छ।

भूकम्प गएपछि कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरपनि बाहिर निस्किएको बताइएको छ। भूकम्पपछि अमेरिकी जियोलोजिकल सर्वे द यूएस नेशनल ओसनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनले मेक्सिकोको तटीय क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..