गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५३ पुग्यो

कोरोना भाइरस

कास्की । गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमा म्याग्दीका ६, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २–२ र स्याङ्जाका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

उनका अनुसार नवलपरासीका नयाँ संक्रमितलाई आइसोलेसनमा राखिसकिएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..