
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् ।
८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयूमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार राति निधन भएको अस्पतालका निर्देशक प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । थप एक जनाको मृत्युसँग कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।