गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

कास्की । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २१, तनहुँ, स्याङ्जा र बागलुङका १/१ जना रहेका छन् ।

उनका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । जसमध्ये २ जना संक्रमितले ज्यान गुमाएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..