एमसीसीबारे छलफल गर्न नेकपा स्थायी कमिटिको बैठक आज पनि बस्दै

काठमाडौं । एमसीसी परियोजना, सरकारको काम, रुकुम घटनालगायतका बारेमा छलफल गर्न सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दैछ ।

बैठकमा स्थायी कमिटिका सदस्यले यसअघि तय भएका एजेण्डाका बारेमा आआफ्नो धारणा राख्नेछन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी पार्टी सञ्चालनको बारेमा समीक्षा हुने र एमसीसीको बारेमा निर्णय हुने स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

बुधबार सुरु भएको स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नुभएको थियो ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले आलोपालो रूपमा सरकार चलाउने सहमति छोडेर गल्ती गरेको टिप्पणी गर्नुभएको थियो भने अर्का अध्यक्ष ओलीले नेतृत्वलाई खुइल्याउने प्रवृत्ति पार्टीभित्र बढेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..