महानगरीय अपराध महाशाखा, काठमाडौंमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

महानगरीय अपराध महाशाखा, काठमाडौंमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण पुष्टि 1

महानगरीय अपराध महाशाखा, काठमाडौंमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण पुष्टि 2
काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंमा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२९/३० वर्षीय प्रहरीको कोरोना परीक्षण पोजिटिभ आएपछि उनीसँगै बस्ने करिब ३० जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो।

ट्रेसिङ गर्दा बढी सम्पर्कमा आएका पाँच जना छुट्टै र अन्य २५ जनालाई महाशाखा परिसरभित्रकै ब्यारेकमा क्वारेन्टिन बनाएर राखिएको बताउनु भयो।

उनी बिदामा खोटाङ घर गएका थिए, लकडाउन खुकुलो भएपछि असार ७ गते देखि उनी डिउटीमा फर्किएका थिए।

उनी बिदाबाट फर्किएपछि हामीले उनलाई क्वारेन्टिनमा राखेका थियौं, उनले भने,आठ गते हामीले उनको स्वाब परीक्षणको लागि पठायौं र हिजो कोरोनो पोजेटीभ भएको रिपोर्ट आएको बताएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..