नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो 1

चितवन । चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसीयु कक्षमा मृत्यु भएको हो । उनी फोक्सोको क्यान्सरका बिरामी थिए ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आइसीयूमा सारिएको थियो । उनको आज बिहान मृत्यु भएको भरतपुर अस्पताल काभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभयो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो । चितवनमा थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..