यौन भिडियोले तनावमा युएन!

यौन भिडियोले तनावमा युएन! 1

एजेन्सी । इजरायलमा कार्यरत संयुक्त राष्टसंघको टिम यतिखेर एक यौन काण्डका कारण तनावमा परेको छ । राष्ट्रसंघको एक कारमा यौन सम्बन्ध भइरहेको भिडियो सामाजिक सञ्जाल भाइरल भएपछि तनावको स्थिति उत्पन्न भएको हो ।

त्यस भिडियोमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो पोसाक लगाएका व्यक्तिले यौन सम्बन्ध राखिरहेको देखिन्छ।

यो दृश्य तेल अविवको समुद्री किनारमा खिचिएको देखिन्छ। संयुक्त राष्ट्र संघले यसबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको जनाएको छ। भिडियोमा यौनरत मानिसलाई चिन्ने प्रयास भैरहेको युएनले जनाएको छ।

यौन भिडियोमा देखिएका व्यक्ति इजरायल शान्तरक्षक दलका सदस्य हुन सक्ने संयुक्त राष्ट्र संघले भनेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ता स्टिफन दुजारिकले १८ सेकेन्डको त्यो भिडियोलाई बीभत्स भनेका छन्। ‘यदि ती मानिस यूएनकै सदस्य रहेछन् भने हामी जुन दुर्व्यवहारविरुद्ध लडिरहेका छौं, त्यसको कुनै अर्थ हुने छैन र दुनियाँले हाम्रो आलोचना गर्नेछ।’

त्यो यौन सम्बन्ध दुवैको सहमतिमा भएको हो वा पैसा लेदनमा ? यस प्रश्नको जवाफको खोजी भैरहेको प्रवक्ता दुजारिकले बताए।

आफ्ना कर्मचारीको व्यवहार र आचरणका विषयमा संयुक्त राष्ट्र संघले कडा नीति अपनाएको छ।

कुनै कर्मचारीले नियम उल्लंघन गरेको पाइए संघले अनुशानसको कारवही गर्ने गरेको समाचार बीबीसीमा प्रकाशित छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..