
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।
शनिबार बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक दुई दिन पर सरेको जानकारी दिए।
भोलि मदन जयन्ती र पर्सी असार १५ (दहि चिउरा) खाने दिन परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको छ।
आजसम्म २१ जना स्थायी कमिटी सदस्यले धारणा राखेका छन्।
शनिबार बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर निस्केका थिए।
प्रधानमन्त्री ओलीले स्वास्थ्य स्थिति अनुकूल नभएको जानकारी दिएर बैठकबाट बाहिरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।