कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको निधन

कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको निधन 1

रुपन्देही । सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको निधन भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति भएको दुर्घटनामा ३० वर्षीय पाण्डेको मृत्यु भएको हो। उनी न्युज २४ टेलिभिजनका रिपोर्टर हुन्।

बुटवलदेखि घर ड्राइभरटोलतर्फ जाँदै गर्दा बा ७ च ६९५९ नम्बरको उनले चलाएको कार दुर्घटना भएको थियो। प्रहरीको अनुसार सडक किरानाको फलामे बारमा कार ठोक्किएको छ।

दुर्घटनाा गम्भीर घाइते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार राती करिब १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

शवलाई पोष्ठमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..