गण्डकीमा थपिए ३४ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ८ सय ८८ पुग्यो

कोरोना भाइरस

कास्की । गण्डकी प्रदेशमा थप ३४ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङका २७ जना, तनहुँका ६ र पर्वतका १ जना गरी ३४ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरामामै गरिएको परीक्षणमा कर्णाली प्रदेशका थप एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । गण्डकीमा अहिलेसम्म १ सय २१ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..