प्रधानमन्त्री ओलीले भने- ‘नयाँ नक्सा छाप्यो भनेर प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोचे हुन्छ’

प्रधानमन्त्री ओलीले भने- ‘नयाँ नक्सा छाप्यो भनेर प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोचे हुन्छ’ 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित जननेता मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् ।

भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन्छु भन्ने नसोच्न चेतावनी दिएका छन् । नयाँदिल्लीका मिडिया, भारतीय दूतावासमा भैरहेको जमघटलाई नियाइरहेको समेत उनले बताए ।

चीनसँग पारवहनको सम्झौता गर्दा यसअघि आफ्नो नेतृत्वको सरकार ढलेको बताउँदै ओलीले भने, ‘अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’

उनले आफु आफ्नो लागि नभएर देशको लागि संघर्ष गरिरहेको बताए । ‘यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि’ उनले भने, ‘आफ्ना लागि होइन देशका लागि ।’

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..