काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौंले श्रम तथा रोजगार विभाग ताहाचलबाट ३ महिलासहित २९ जना बिचौलियालाई पक्राउ गरेको छ ।
परिसरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे बिचौलियाहरूले दुख दिएको गुनासो आएपछि सादा पोशाकमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई गरिएको जनाएको हो ।
बिचौलियाहरूले दश गुणाभन्दा बढी रकम लिएर काम गर्ने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरूले नै बीच मै रोक्ने गरेको गुनासो आएपछि प्रहरी सादा पोशाकमा सेवाग्राहीको रूपमा खटिएका थिए ।
प्रहरी समेत सेवाग्राही ठानी बिचौलियाले तानातान गरी बार्गेनिङ गरेपछि प्रहरीले ३ महिलासहित २९ जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी बिश्वराज पोखरेलले जानकारी दिनुभयो । बिचौलियालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाई छ ।
त्यस्तै प्रहरीले दिल्लीबाट काठमाडौं आउने बसमा अवैध रुपमा सामान ल्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २७ गते दिल्लीबाट काठमाडौं आएको टुरिस्ट बसमा लुकाएर ल्याएको विभिन्न कम्पनीका मोवाइलसहित प्रहरीले बसचालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठ तथा सहचालक भुवनबहादुर भुजेललाई पक्राउ गरेको हो । उनीहरुले १ सय ३० थान मोवाइल ड्राइभरको सिटमाथि फल्स बटम बनाएर सामान लुकाएका थिए ।