मन्त्रिपरिषदको निर्णय : परिमार्जित लकडाउन साउन ७ सम्म बढ्ने

लकडाउन

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले परिमार्जित लकडाउनको अवस्थालाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्य ले जानकारी दिएका छन्।

हालैका दिन देशैभरि कोरोना संक्रमणको संख्या बढ्दै गएकाले अहिलेलाई पछिल्लो परिमार्जित शैलीको लकडाउनलाई साउन ७ सम्म बढाउने निर्णय भएको स्रोतले बताएको छ । मानव जीवनको स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले परिमार्जित लकडाउनलाई लम्ब्याइएको हो’ स्रोतले भने।

मन्त्रिपरिषद् बैठकले निश्चित ठाउँ अनुसारको जोखिम मूल्यांकन गरेर स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय अधिकार दिएको अर्का सदस्यले जानकारी दिएका छन्।

गत चैत ११ गतेदेखि कोरोनाभाइरसका कारण लागू लकडाउन घोषणा गरिएको थियो ।
पुन: सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई परिमार्जित गरी खुकुलो बनाएको थियो।

लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो।

तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो।मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना संक्रमणको संख्या बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने।

यद्यपी निश्चित ठाउँको जोखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएको अर्का एक मन्त्रीले बताए।

ती मन्त्रीले भने, ‘कोरोनाको जोखिम अवस्था हेरेर लकडाउन खुकुलो या कडा गर्नेबारेको निर्णय प्रदेश र स्थानीय सरकारले नै गर्नेछन्।’

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो।

कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो।

लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरुका तालिका सार्वजनिक गरेको थियो।

कोरोना भाइरस तेस्रो चरणमा प्रवेश गरिसकेको विज्ञहरुले बताएका छन् । कोरोना संक्रमणको संख्या बढ्दै गएकाले स्वास्थ्य अवस्थालाई ध्यान दिई सरकारले परिमार्जित लकडाउन लम्ब्याउने निर्णय गरेको उनले बताएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..