नेपालमा विगत २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३,२४८ पुग्यो

नेपालमा विगत २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३,२४८ पुग्यो 1

काठमाडौं । नेपालमा आइतबार कोरोना भाइरस ९कोभिड—१९० का ४ सय ७६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ७६ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो ।

तीमध्ये ३,१३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका अनुसार असार १३ गते मृत्यु भएका एक व्यक्तिबाट सङ्कलित नमुनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..