परिवार सवार जीप दुर्घटना, आमा र छोराको मृत्यु

परिवार सवार जीप दुर्घटना, आमा र छोराको मृत्यु 1

हेटौँडा- मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ ।

जीपमा सवार तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ ।

धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..