राष्ट्रिय परीक्षा बोर्ड : एसईई नतिजा साउन १५ गतेसम्म प्रकाशन गर्ने

राष्ट्रिय परीक्षा बोर्ड : एसईई नतिजा साउन १५ गतेसम्म प्रकाशन गर्ने 1

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा ९एसईई०को प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई ९साविक जिल्ला शिक्षा कार्यालय०मा पठाउन निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार यही साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई निर्देशन दिएको छ।

‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७’ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी प्राप्त अंक तालिका पठाउनु पर्ने निर्देशन दिएको छ ।

‘सबै विद्यालयको कोड राखी एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमशस् इन्ट्री गरी,’ बोर्डले जारी गरेको सूचनामा छ, ‘मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका ९मार्क लेजर० असार २० गतेभित्र अनिवार्य रूपमा आआफ्नो जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्ने दिर्नेशन दिएको अध्यक्ष पौडेल जानकारी दिनुभएको हो ।’

जिल्ला समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको ‘मार्क लेजर’ भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ । ‘यो २०७६ सालको एसईई भएकाले चाँडो गर्नु पर्नेछ,’ बोर्डका अध्यक्ष पौडेलले भने, ‘भरसक साउन १५ एसईई नतिजा प्रकाशन सक्नु पर्छ भन्ने तयारीमा परीक्षा बोर्ड लागेको अध्यक्ष पौडेलले बताउनु भयो’ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..