नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग 1

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग 2काठमाडौँ — प्रधानमन्त्रीले आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा भारतले आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित पार्टीका नेताहरुलाई इंगित गर्दै दिएको अभिव्यक्तिलाई आज बसेको नेकपा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले पार्टी बैठकमै राजीनामा माग गर्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई स्थायी समिति बैठकमा राजीनामाको माग गर्नुभएको छ । नेताहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गर्नुभएको छ ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको र पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिएर निकास दिन माग गरेको एक स्थायी समिति सदस्यले जानकारी दिनुभएको छ ।

नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए तर कसरी भारत, भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढाल्न सक्छ, प्रधानमन्त्रीमाथि प्रतिप्रश्न गरेका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..