ओलीको अहंकार, हठ र इगोका कारण गम्भीर संकटमा नेकपा, लाखौं कार्यकर्ताको आशामाथि बन्चरो हान्दै ओली

नेकपा

काठमाडौं । कम्युनिष्ट पार्टीभित्र पार्टीको निर्णय सर्वोपरि हुन्छ । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीका लागि भने आफू एकजना नै पार्टी हो, आन्दोलन, पार्टी एकता, पार्टी सञ्चालन र सरकार सञ्चालन मैले मात्र गर्ने हो, अरुले बोल्नसम्म पनि पाइदैन भन्ने बुझाई छ प्रधानमन्त्री ओलीमा ।

ओलीको यही सर्वसत्तावादी निरंकुश सोचाईका कारण नेकपा गम्भीर संकटमा पुगेको छ ।
यदि ओलीले विधी, पद्धति, विधान र पार्टीको निर्णय नमान्ने हठ कायमै राखे भने नेकपामा झनै गम्भीर संकटबाट गुज्रन कसैले रोक्न सक्ने देखिन्न ।

सचिवालय र स्थायी समितिको दुई तिहाई सदस्यहरुले ओलीलाई सरकार र पार्टीबाट राजिनामा दिएर पार्टीलाई एकढिक्का राख्न र जनताको अपेक्षा अनुरुप अघि बढन सुझाव दिइरहेका छन् । तर ओलीले भने अन्तिमसम्म लड्ने भन्दै अनावश्यक अड्डी कसेका छन् ।
यसबाट नेकपालाई विश्वास गरेर मत दिएका लाखौं जनता र कार्यकर्ता निराश बन्न पुगेका छन् ।

ओली एकजना नै सर्वोपरि कदापी होइनन तर ओलीका लागि इगो नै ठूलो कुरा बन्न पुगेको छ ।

यह ओलीको इगोले पार्टी गम्भीरको संकट र विभाजनसम्म नजिक पुगेको छ । समितिको बैठक चलिरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्री भएको मान्छेले गुट भेला गरेर चुनौती दिइरहेका छन् । उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएकाले अभिभावकको भूमिका निभाउनु पर्नेमा उनको अहंकार र गुटगत मानसिकताले उनलाई कहिले पार्टीको अभिभावकको भूमिकामा देख्न जनता, नेता तथा कार्यकर्ताले अनुभवसम्म गर्न पाएका छैनन् ।

उनले सरकार सञ्चालनमा समेत केही आप्mना गुटका नेताको सल्लाहमा सीमित व्यापारिक कम्पनीहरुलाई मात्रै देशका सबैजसो ठेक्कापट्टा दिने गरेका छन् ।

कोरोनाविरुद्धको कठिन संघर्षमा समेत ओलीले सामूहिक प्रयासको साटो एकल कम्पनी या व्यक्तिलाई लाभ पाउने किसिमले ठेक्कापट्टा अघि बढाएपछि यो झनै विवादित बनेको थियो । सरकारका कामले चौतर्फी आलोचना चुलिएको बेला ओलीले एमसिसी पास गर्नैपर्ने अडान कसेका छन् । जबकि एमसीसि पास गर्नु हुँदैन भनेर सडकमा आन्दोल चर्केको छ । तर ओलीका लागि भने आफ्नो हठ ठूलो हुन्छ ।

जनता जे सुकै गरुन, देश जतासुकै पुगोस्, ओलीलाई आफ्नो इगो पुरा भए पुग्छ ।
अहिले यही इगोका कारण उनले पार्टीको निर्णय नमान्ने बरु संकटकाल र अध्यादेश ल्याएर भएपनि सरकार टिकाउन खोजिरहेका छन् ।

ओलीको यो कदमल पार्टी मात्रै फुटने नभई कम्युनिष्ट आन्दोलनलाई समेत गम्भीर क्षति हुने स्पष्ट देखिएको छ ।

बुधबारको स्थायी समिति बैठकसम्म आइपुग्दा नेकपाभित्र ओली स्पष्टरुपमा अल्पमतमा परेका छन् । स्थायी समितिका ३१ भन्दा बढी सदस्य ओलीको विपक्षमा छन् भने उनका गुटकै नेताहरु पनि यदि पार्टी फुटाउने हो भने ओलीसँग सति नजाने पक्षमा रहेको स्रोतले बताउँछ । सचिवालयमा ओलीको बहुमत छैन । केन्द्रीय समिति र संसदीय दलमा समेत ओली अल्पमतमा परेका छन् ।

सहमतिको सहमति आफैले उल्लंघन गरेका ओली पेलेरै जान सकिने सोचिरहेका छन् । तर उनको यही सोच नेकपाका लागि ठूलो विष बन्न पुगेको छ ।

ओलीको यो हठ देखेपछि उनलाई साथ दिएकाहरु समेत एकपछि अर्को छोडन थालेका छन् ।
कि पार्टी निर्णय मान्नु पर्यो कि पार्टी छोडनु पर्यो भन्ने मत बलियो हुँदै गएको छ ।
ओलीले पार्टी फुटालेर जाने अवस्थामा भने उनीसँग कोही पनि रहने देखिँदैन ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..