गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार १४ पुग्यो

कोरोना भाइरस

कास्की। गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको पीसीआर परीक्षणमा बाग्लुङमा १ जना, स्याङजामा २ जना, तनहँुमा ३ जना र पर्वतमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकीमा अहिले सम्म २ सय ८७ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..