आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना 1

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ ।

प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राति सबै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा यातायातमा समेत अवरोध जस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह महाशाखाका मौसमविद्हरूले आग्रह गरेका छन् । हिजो र आज कम भएको वर्षा भोलीबाट अझ बढ्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..