नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष निकट स्थायी समिति सदस्यहरुसँग छलफल

नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष निकट स्थायी समिति सदस्यहरुसँग छलफल 1
काठमडौं । नेकपाको स्थायी समितिको बैठक चलिरहेको समयमा पछिल्लो अन्तरसंघर्षलाई सकेसम्म सहमतिमा टुंगोमा पुर्‍याउन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्नुभएको छ । नेकपाको जारी स्थायी कमिटी बैठक बिहीबार ११ः०० बजे बालुवाटारमा बस्ने तय भएको थियो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट प्रधानमन्त्री ओलीको राजीनामा मागेका छ्न । तर प्रधानमन्त्री ओलि दुवै पद नछाड्ने मनस्थितिमा अडिग रहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमतिमा नआए स्थायी कमिटीबाट बहुमतले ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्ने तयारी रहेका छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूसँग दुबै अध्यक्षका कमजोरीहरू औंल्याउन भनेका छन्।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा एको छलफलमा प्रचण्डले मेरो कमजोरी के हो ? तपाईंहरुले मेरो कमजोरी औंल्याइदिन समेत अनुरोध गर्नुभएको थियो । त्यसले पार्टीमा निष्कर्ष निकाल्न सजिलो हुने उहाँले बताउनु भएको हो।

अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यहरुको साथमा मैले प्रधानमन्त्रीको धेरै अपमान सहेर पार्टी एकता जोगएर राखेको थिएँ । ‘मेरो कमजोरी भनेको मैले राखेका अडानहरू समेत पार्टी एकता बचाइ राख्नको लागि छोडेको बताउनु भयो । मैले विगतमा भएका सहमति र अडान छोडें। तर उहाँ (प्रधानमन्त्री ओली)ले पार्टीमा एकाधिकार गर्नुभयो। मेरो साढे २ वर्ष प्रधानमन्त्री ओलीले जति अपमान गर्दा पनि मैले पार्टी एकता बचाउनको लागि सबै सहेर बसेँ ।’ छलफलका क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो।

बुधबार साँझ आफू र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी समिति सदस्यहरुसँग परामर्श गर्नुभएका अध्यक्ष प्रचण्ड आज प्रधानमन्त्री ओलीनिकट स्थायी समिति सदस्यहरु छलफल गर्नुभएको हो ।
खुमलटार स्रोतका अनुसार आजको छलफलमा ओली पक्षका बिष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने अध्यक्ष प्रचण्ड पक्षधर र वरिष्ठ नेता पक्षधर स्थायी समिति सदस्यहरूको पनि उपस्थित थिए।

बैठकमा ओली पक्षीय नेताहरूले मिलेर जाउँ नत्र दुर्घटना हुन्छ भनेका थिए। उनीहरूले तपाईंहरू दुई जना मिलेर पार्टी एक बनाएकाले तपाईंहरू मिल्नु विकल्प नरहेको बताएका थिए।

‘भारतमा कम्युनिष्टहरु जुध्ने र फुट्ने गर्दा गर्दै सकिइसके। नेपालमा पनि नेताहरू यसरी जुध्ने र पार्टी फुटाउने हो भने त्यस्तै हालत नहोला भन्न सकिन्नँ,’ छलफलका क्रममा ओली पक्षका स्थायी समिति सदस्यले भनेका थिए।

अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल पक्षधर स्थायी समिति सदस्यहरूले भने सकेसम्म सहमतिका आधारमा नभए पार्टीले जे निर्णय गर्छ त्यही प्रधानमन्त्रीले मानेर जानुको विकल्प नरहेको बताएका थिए।

आज बिहान ८ः३० बजेदेखि सुरू भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङलगायत स्थायी समितिका नेताहरु सहभागी भएका थिए ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..