
काठमाडौं । नेकपा स्थायी समितिको बैठक सुरु भएको छ। आज ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री शितल निवास गएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको छ।
प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि प्रधानमन्त्री ओलीलाई पर्खदा बैठक सुरू हुन केही ढिला भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै १२ बजेका लागि मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन्।
Loading...