नेपाल कम्युनिष्ट पार्टीको शक्ति संघर्ष र अंक गणीत : को सँग कति नेता ?

नेपाल कम्युनिष्ट पार्टीको शक्ति संघर्ष र अंक गणीत : को सँग कति नेता ? 1

काठमाडौं । सत्तारुढ नेकपा अहिले पार्टी एकताको गम्भीर संकटमा पुग्न लागेको त होइन ? के नेकपा फुटको दोसाँधमा पुगेकै हो त ? प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अहंकार, घमण्ड, कुण्ठा, इगो, हठ, अपमान र जिद्दीलाई असह्य भन्दै गठबन्धन गरिरहेका बहुमत सचिवालय सदस्य तथा दुईतिहाई स्थायी समितिका सदस्यहरुहरुले पार्टी विधि, पद्धति र विधान बमोजि चल्न, पार्टीले सकेसम्म सहमति नभए बहुमतले गरेको निर्णय मान्न स्था दबाब दिइरहेको छन्, अर्को माग प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सामान्य डेलिभरीको काम पनि गर्न नसकेको, सरकार भ्रष्टचारमा लुप्त भएको, कोरोनो महामारीका कारण पीडित जनतालाई सहुलियत दिन नसकेको, जनताको दुई तिहाई नजिकको बहुमत हुँदा पनि गर्न सक्ने काम नगरेको लगायतका विषयहरु जोडदारले उठाएर अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न दबाब दिइरहेका छन् । यसै मेसोमा नेकपा भित्रको अंक गणित, सम्भावित प्रधानमन्त्री ओलीको कदम के होलान् ? यसैबीचमा दुई अध्यक्षबीचमा भएको सहमति विपरीत प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई संसदको बजेट अधिवेशनको अन्त्यको लागि सिफारिस गरे, दल फुटाउने अत्याधेशको आशंकाका बीचमा अंक गणितको प्रचण्ड–माधव, झलनाथ, वामदेव, रामबहादुर थापा, नारायणकाजी समूह वा प्रधानमन्त्री केपी शर्मा ओलीको कति बलिया छन् र कस्को पल्लाभारी हुन्छ भन्ने लेखाजोखा गर्न थालिएको छ ? यतिबेला नेकपाभित्र प्रचण्ड–माधव, झलनाथ, वामदेव, रामबहादुर थापा, नारायणकाजी समूह बलियो देखिएको छ भने राष्ट्रपतिको प्रत्यक्ष साथ पाएको प्रधानमन्त्रीको गुट कमजोर देखिएको छ । के पार्टी विभाजन नै भयो भने को नेता को संग को होलान् ?

प्रधानमन्त्री तथा अध्यक्ष दुवै मोर्चामा असफलताको निष्कर्स निकालेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेपाल माधव समूहको नामावली
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापा बादल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटि सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, देव गुरुङ, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वर्षमान पुन, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, शक्ति बस्नेत, वेदुराम भुसाल, हरिबोल गजुरेल, पम्फा भुसाल ।

पार्टी फुट्न हुँदैन, प्रधानमन्त्रीले एक पद त्यागेर भए पनि पार्टी एकतालाई बचाउनुपर्छ, कथाकदम्चित प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर गए भने पनि अध्यक्ष प्रचण्ड माधव नेपाल पक्षमा ढल्कन सक्ने आकलन गरिएका नेताहरु पार्टी भावी अध्यक्षको दाबी गरिरहेका ईश्वर पोख्रल नजान सक्ने उनी निकटका नेताहरुले बताउने गरेका छन् । त्यस्तै विष्णु पौडेलले ओलीले पार्टी फुटाइ हाले भने फुटेको पार्टीमा भविष्य छैन्, ओलीले पार्टी निर्णय मानेर पार्टी जोगाउनुपर्छ पार्टी फुट्न दिनु हुँदैन, प्रधानमन्त्रीले आप्mनो कमीकमजोर सच्याएर जानपर्छ भन्ने मध्यमार्गी धारणा राख्छन्, अन्तिमा उनी पनि केपी ओलीसँग पार्टी फुटाएको खण्डमा नजाने उनका निकटका नेताहरुले बताउने गरेका छन् । त्यस्तै किरण गुरुङ र रघुविर महासेठ वामवेद समूहमा थिए, पछिल्लो चरणमा वामदेवले केपी गुट छोडेकाले मात्रै केपी ओलीमा रहेको अन्तिममा उनी पनि पार्टी फुटाएर गएमा नजाने सम्भावना उनीहरुका निकटका नेताहरुले बताउने गरेका छन् । त्यस्तै शंकर पोख्रेल धेरै समय देखि केपी, प्रचण्ड र माधव नेपालको साझा महासचिवको लागि लविङ र मेहनत गरिरहेका छन्, उनी पनि नेकपाको भावि नेतृत्वको आश र पार्टी फुटेर जाँदा वामदेव, शेरबहादुर, सीपी मैनाली, किरण, बाबुरामहरुको अवस्था देखेर उनी पनि फुटेको पार्टीमा नजाने उनका हितैषिहरुले बताउन थालेका छन् । त्यस्तै पृथ्वी सुब्बा गुरुङ पनि फुटेको पार्टीमा नजाने अन्तिमसम्म बार्गेनिङ गरेर बस्ने उनीसँग गहिरो हिमचिम भएकाहरुले बताउन थालेका छन् । त्यस्तै लेखराज भट्टपनि अन्तिम समयमा प्रचण्डलाई नछोडेने नै हुन उनी पनि ओलीसँगै सति नजाने उनका अत्यन्त निकटकाहरुले बताउने गरेका छन् । अहिले खुलेर पार्टी फुटाएर भए पनि जानुपर्छ भन्नेमा स्थायी समिति सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल, छविलाल विश्वकर्मालगायत रहेको ओली गुट निकट सूत्रले जानकारी दिएको छन् । प्रधानमन्त्री ओली भने आफ्नो इगो, घमण्ड र अहंकारमा चुर्लुम डुबेका र उनी निकटहरुको सुझाव पनि नमान्ने अवस्थामा पुगेको उनी निकट काम गरिरहेका नेताहरु बताउन थालेका छन् । आफू नहुने भए पार्टी, आन्दोलन, देश भाडमा गए पनि जाओस् भन्ने लाइनमा पार्टी प्रधानमन्त्री केपी ओली पुगेको निष्कर्स अधिकांश नेकपाका वरिष्ठ नेताहरुको निष्कर्स रहेको छ । अहिले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेताहरु पार्टी एकता संकटमा पर्न नदिनका लागि गम्भरि भएर छलफलमा जुटेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदम चाल्नका लागि खुटा उचालेर बसेका प्रष्टसँग चित्र देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अन्तिमसम्म घुक्र्याउने नभए असंवैधानिक कदम चाल्ने बाटो स्पष्ट चित्र देख्न थालिएको छ, असंवैधानिक कदम मार्फत् पार्टी फुटाएर छुट्टै पार्टी बनाउने लाइनमा उनको कसरत रहेको छ । यदि प्रधानमन्त्री ओलीले आफू निकट राष्ट्रपतिको फाइदा उठाएर असंवैधानिक कदम चाले अहिलेलाई मुतको न्यानो भए पनि पछि उनको हालत पनि सीपी मैनाली, किरणहरुकै जस्तो हुने स्वतन्त्र बुद्धिजीवी जनताहरुले चोकचोक, चिया पसल र बजारमा चियो चार्चो गरेको सुनिन थालेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..