गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए, संक्रमितको संख्या १०६३ पुग्यो

कोरोना भाइरस

कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका १९ जना , तनुहँका ९ जना, पर्वतका ३ ना र बागलुङका १ जना रहेका छन्। नयाँ संक्रमितहरुलाई आइसोलेसन सेन्टरमा लाने तयारी भइरहेको बताइएको छ।

३२ जना नयाँ कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कुल कोरोना सक्रमितको संख्या १ हजार ६३ जना पुगेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..