नेकपालाई फुटबाट जोगाउन आज अध्यक्ष प्रचण्डले दिनभर छलफल गर्ने

नेकपालाई फुटबाट जोगाउन आज अध्यक्ष प्रचण्डले दिनभर छलफल गर्ने 1

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिनभर प्रयास गर्नुहुने भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अरु नेतासँग पनि प्रचण्डले बिहानैदेखि छलफल गर्ने तयारी गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

ओलीको अनुपस्थितिमा हिजो बसेको स्थायी कमिटि बैठकमा प्रचण्डले पार्टी फुट र थप एकताको सङ्घारमा पुगेको भन्दै आज दिनभर एकताका लागि कोशिस गर्न समय माग्नुभएपछि भोलिसम्मका लागि स्थायी कमिटिको बैठक स्थगित गरिएको छ ।

अनौपचारिक सहमतिविपरीत प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेपछि नेकपामा कतै ओलीले राजनीतिक दल फुटाउनका लागि अध्यादेश ल्याउन त लाग्नुभएको हैन ? भन्ने शङ्का बढेको छ ।

प्रधानमन्त्री ओलीसँग नेकपाका अर्का अध्यक्ष प्रचण्डले यसबारेमा जिज्ञासा राख्दा ओलीले २÷३ दिनसम्ममा अध्यादेश नआउने जानकारी गराएपछि लगत्तै शीतल निवासमा पुगेर प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेश आएमा हतारमा प्रमाणिकरण नगरिदिन आग्रह गर्नुभएको छ ।

हिजोको स्थायी कमिटि बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टीमा ठूलो शङ्कट आइपरेको बताउनुभएको थियो । गत आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीबाट चलखेल भएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद झनै चर्किएको छ ।

स्थायी ममिटि सदस्य तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्विसुब्बा गुरुङले प्रधानमन्त्रीको त्यही अभिव्यक्तिका कारण प्रधानमन्त्रीको राजीनामा माग्नु अहिलेको समस्या समाधानको विकल्प नभएको बताउनुभयो ।

अर्का स्थायी कमिटि सदस्य बेदुराम भुसालले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी सञ्चालन हुने अवस्था नदेखिएकाले ओलीले पार्टीको जुनसुकै निर्णय पनि मान्नुपर्ने बताउनुभयो । बहुमत स्थायी कमिटि सदस्यले राखेको माग अनुसार राजीनामा दिन प्रधानमन्त्री ओली तयार देखिनुभएको छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..