कोरोना परीक्षणको दायर बढाउन सात वटा आरएनए एक्ट्राक्सन मेसिन थपिँदै

कोरोना परीक्षणको दायर बढाउन सात वटा आरएनए एक्ट्राक्सन मेसिन थपिँदै 1

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायर बढाउन विभिन्न ठाउँमा सात वटा आरएनए एक्ट्राक्सन मेसिन थप गर्ने निर्णय गरेको छ ।

धेरै व्यक्तिको कोरोना परीक्षण गर्न आरएनए एक्ट्राक्सन मेसिन सात वटा थप गर्न लागिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले जनाएको हो ।

ती मेसिनमा क्षमता वृद्धि गरी अटोमेटिक सिस्टम थप गर्ने प्रक्रिया सुरु भएको प्रयोगशालाका निर्देशक डाक्टर रुना झाले जानकारी दिनुभयो ।

डा झाका अनुसार कोरोना परीक्षणका लागि आएका नमुनालाई पुलिङ गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । एक्ट्राक्सन विना पनि ड्राइ स्वाब भन्ने नयाँ प्रविधिमार्फत कोरोना परीक्षण गर्न निर्देशिका सरकारले बनाइरहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..