हिन्दू राजतन्त्र फर्काउन राजा र ओली निकटबीच गोप्य वार्ता

हिन्दू राजतन्त्र फर्काउन राजा र ओली निकटबीच गोप्य वार्ता 1

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्र शाहबीच भावी राजनीति कोर्सका लागि गम्भीर संवाद शुरु भएको खुलासा भएको छ ।
नेकपा फुटाएपछि राजनीतिक भविष्य सुरक्षित गर्न केपी ओलीले एकात्मक हिन्दु संवैधानिक राजतन्त्रका पक्षमा राजावादीहरुसँग छलफल शुरु गरेको विश्वस्त सूत्रले जानकारी दिएको हो ।
श्रोतका अनुसार, ओली र राजवादीबीच छलफलका लागि भारतको राष्ट्रिय स्वयम्सेवक तथा विश्व हिन्दु परिषदले विशेष भूमिका खेलिरहेको छ । रासस र विहिपका भारतका नेता तथा नेपाल शाखाका पदाधिकारीहरुको पहलमा दुबै पक्षबीच नेकपा विभाजन गर्ने, आम निर्वाचन घोषणा गर्ने र त्यसपछि हिन्दू राजतनत्रको स्थापनाको उद्देश्यसहित सरकार गठन गर्ने विषयमा छलफल भएको छ ।
श्रोतका अनुसार, गत माघको महिनादेखि नै यो विषयमा छलफल अघि बढेपनि कोरोना महामारी भित्रिएपछि यो विषयले मूर्तरुप लिन सकेको थिएन । यही सहमतिका आधारमा ओलीले यसअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको श्रोतको दावी छ ।
त्यतिखेर नेकपा विभाजन गर्ने र विश्व हिन्दु परिषदसँग निकट रहेका केही मधेसवादी दलका सांसदहरुलाई समेत लिएर सरकार टिकाइराख्ने, टिकाउन नसकिए मधेसवादी, राजावादी र आफ्नो गुटसहितको गठबन्धन बनाएर आगामी निर्वाचनमा जाने योजना ओलीको थियो । तर चौतफीै दबाबपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।
नेपालमा चीनको प्रभाव व्यापक भएको तथा हिन्दुवादीहरु कमजोर भएको निश्कर्षसहित राजावादीहरुले ओलीलाई साथमा लिन खोजेका हुन । ओलीले यसअघि पनि संघीयताको विरोध गर्दै आएका थिए ।
यसैबीच एमसीसिको मुद्दा चर्केपछि चीनविरुद्ध लागेका अमेरिकी र युरोपियन शक्तिहरुले समेत ओलीलाई उक्साएको श्रोतको दावी छ ।
स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना हुन थालेपछि राजावादी र ओली निकटबीच तीनपटक बैठक बसेको श्रोतले बतायो । योसँगै भारतमा रहेका हिन्दुवादीहरुसँग समेत ओली निकटस्थले कुराकानी गरेको बुझिन्छ । मोहन भागवत आफैसँग भने ओलीको कुरा हुन नसकेको तर त्यसका लागि समेत पहल भइरहेको बताइन्छ ।
नेपालले नयाँ नक्सा जारी गरेपछि राष्टिय स्वयमसेवक संघले नेपालसँग सम्बन्ध नबिगार्न त्यहाँको सरकार र मिडियासँग अनुरोध गरेको थियो । बाहिर प्रत्यक्षमा केपी शर्मा ओली र भारतको सम्बन्ध बिग्रिएजस्तो देखिएपनि हिन्दुवादीहरुसँग ओलीको निकै गहिरो सम्बन्ध विकास भएको समेत श्रोतले बतायो । भोलीका दिनमा संसदीय दलमा बहुमत सिद्द गर्दा आवश्यक सहयोग गर्ने समेत हिन्दुवादीहरुले बताएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..