नेपालमा सलहका जोखिम टरेको छैनः सरकार

नेपालमा सलहका जोखिम टरेको छैनः सरकार 1

काठमाडौं । देशैभर मनसुन सक्रिय भएपछि सलहको थप नयाँ झुन्ड नेपाल प्रवेशको सम्भावना कमजोर देखिएको छ ।

सक्रिय मनसुनसँगै वायुको चाप पूर्वबाट पश्चिमतर्फ रहेको र भारत हुँदै हावाको चाप नेपालतर्फ नरहँदा वायुको चापमा चामत्कारिक परिवर्तन नआए तत्काल सलह प्रवेश हुन नसक्ने मन्त्रालय मातहतको प्राविधिक कार्यदलले निश्कर्ष निकालेको हो ।

प्राविधिक कार्यदलका अनुुसार बिहीबार नेपाल सीमाबाट भारततर्फ पाँच सय किलोमिटरको दुरी इटहरीमा रहेको सलहको झुण्ड झण्डै साढे दुई सय किलोमिटर पर धकेलीएको सहल सूूचना केन्द्रका प्रमुुख रहनुुभएका क्वारेन्टाइन विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुुवेदीले जानकारी दिनुुभयो ।

एक दुई दिनमै सलह प्रवेशको सम्भावना टरे पनि नेपालमा सलह जोखिम भने नटरेको सरकारको भनाइ छ नेपालमा सक्रिय सलह पाल्पा, अर्घाखाँची छोडेर रोल्पा र पश्चिम रुकुमतर्फ अघि बढेको पनि जनाइको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..