राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने

राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने 1

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको छ ।

नयाँ खेलकुद विकास ऐन बिहीबारबाट लागू भएसँगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ ऐन अनुसार राखेप सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्ने बताउनुभयो । खेलकुद विकास ऐन २०४८ बिहिबारबाट निष्कृय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल कार्यालय आउन छाड्नुभएको छ ।

उहाँले मन्त्रालयबाट पत्र नआएसम्म काम गर्न नजाने बताउनुभएको छ । नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

समितिले योग्यता पूरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..