सुन्दरता र समझदारी कुन ठुलो ? यस्ता महिलाप्रति पुरुष फिदा हुन्छन्

प्रेमको कुनै परिभाषा हुँदैन, त्यसैले यसलाई सबैभन्दा माथि राखिएको छ । तर, के हरेक प्रेमको सुरुवात मात्र बाहिरी सुन्दरता हेरेर हुन्छ ?

अधिकांश युवतीहरुलाई लाग्छ कि केटाहरु सुन्दरताका पछाडि मरिहत्ते गर्दछन् । र उनीहरुको यस्तो सोचाई गलत पनि होइन, किनभने अधिकांश केटाहरु यस्तै गर्दछन् । कतिपय अवस्थामा त हद त्यतिबेला हुन्छ जतिबेला उनीहरु नजिकबाट कुनै आकर्षक महिला वा युवती हिँड्दा घुरीघुरी हेर्ने गर्दछन् । के यस्ता केटाहरु प्रेमको बाचा पूर्णरुपमा निर्वाह गर्न सफल हुन्छन् ?

त्यो थाहा पाउन एक जना युवकको इमोशनल र प्रेमको विषयमा उनीहरुको उमेरको प्रभावबारे जानौं–

१. १५-२५ वर्ष उमेर समूहका केटाहरु सामान्यतः युवतीको सुन्दरतातर्फ आकर्षित हुने गर्दछन् । किनभने उनीहरुको परिपक्वताको कमी हुने गर्दछ ।

२. २५–३० वर्ष उमेर समूहका युवाहरु इमोशनल्ली स्ट्रङ्ग युवतीतर्फ झुकाव राख्दछन् । किनभने उनीहरु यसअघि निकै खराब सम्बन्धमा परिसकेका हुन्छन् ।

३. ३० वर्ष पार गरेपछि युवाहरुलाई ज्ञात हुन्छ कि सुन्दरता सधैं रहँदैन । तर एक समझदार पार्टनरको साथ सधैं रहन्छ ।

४. ३० वर्ष उमेरमा पनि यदि कुनै युवक सिंगल छ भने यसको अर्थ उ सुन्दरताको खोजीमा छैन ।

५. ३५ पार गरेका सिंगल पुरुष एक स्मार्ट महिलाको तलासमा हुने गर्दछन्, जसले आफ्नो जीवनमा प्रेम र सहयोगबीच तालमेल मिलाउन सकोस् ।

६. बढ्दो उमेरका साथ पुरुष बढी समझदार र परिपक्व हुने गर्दछन् । उनीहरुलाई लाग्छ कि आफ्नी पार्टनरको चाहना के छ ।

७. आजकलका युवा र पुरुष यो कुरामा पूर्णरुपमा सहमत छन् कि बिना पार्टनरको सहयोग बाँच्न कति मुश्किल छ । त्यसैले उनीहरु समझदार पार्टनरको खोजीमा रहने गर्दछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..