४१ प्रतिशत संक्रमितले जिते कोरोना, यस्तो छ प्रादेशिक तथ्यांक

४१ प्रतिशत संक्रमितले जिते कोरोना, यस्तो छ प्रादेशिक तथ्यांक 1

काठमाडौं- देशभरका ४१ प्रतिशत संक्रमितले कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म ६ हजार ५ सय ४७ जनाले कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो कुल कोरोना संक्रमितको ४१.५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर ९ हजार २ सय ३ जना आइसोलेसनमा उपचार गराइरहेका छन्।

हाल सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन्। प्रदेश २ मा ४ हजार १ सय ६० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ प्रदेशको तथ्यांक
प्रदेश-१
संक्रमित- ६९४ र डिस्चार्ज ४७९

प्रदेश- २
संक्रमित-४१६० र डिस्चार्ज २३४

बागमती प्रदेश
संक्रमित-५६३ र डिस्चार्ज-२३४

गण्डकी प्रदेश
संक्रमित- ११४२ र डिस्चार्ज- २१४

प्रदेश ५
संक्रमित- ३९६८ र डिस्चार्ज- १७२५

कर्णाली प्रदेश
संक्रमित- १५७९ र डिस्चार्ज- ११९१

सुदूर पश्चिम
संक्रमित- ३६७८ र डिस्चार्ज ६८०

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..