नेकपामा केन्द्रीय कमिटि बैठक माग गर्दै हस्ताक्षर सङ्कलन सुरु

नेकपामा केन्द्रीय कमिटि बैठक माग गर्दै हस्ताक्षर सङ्कलन सुरु 1

काठमाडौं । पार्टी नेतृत्वलाई एकताका लागि मिल्न देशभरि नेताकार्यकर्ताले दवाव अभियान सुरु गरिरहेका बेला हस्ताक्षर अभियान पनि सुरु भएको छ ।

नेकपाको आन्तरिक विवाद समाधान गर्न नेतृत्व असफल हुँदै गएको भन्दै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर सङ्कलन सुरु भएको छ । उच्चतहका कमिटि असफल भएको भन्दै नेताहरूले केन्द्रीय कमिटी बोलाउन हस्ताक्षर अभियान चलाएका हुन् ।

हस्ताक्षर सङ्कलन गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेता रहेका छन् । सदस्यहरू डा विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायतले हस्ताक्षर सङ्कलन सुरु गर्नुभएको हो ।

नेतृत्व असफल हुँदै गएको भन्दै उनीहरूले विधिसम्मत ढङ्गले छलफल गरेर केन्द्रीय कमिटि बैठकले नै एकता जोगाउने दाबी गरेका छन् । 

अहिलेसम्म करिब ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर सङ्कलन गरिसकेको केन्द्रीय सदस्य गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार बहुमत सदस्यको हस्ताक्षार सङ्कलन भएपछि नेतृत्वलाई बुझाईनेछ ।

केन्द्रीय कमिटि बैठक ६ महिनाको अन्तरमा बस्ने वैधानिक व्यवस्था छ । पार्र्टी एकता भएको दुईवर्षमा जम्मा एकपटक मात्रै बैठक बसेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..