५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा

५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा 1

काठमाडौं । ५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा आएको छ । नेपाल राष्ट्र बैँकले आजदेखि नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

केन्द्रीय बैँकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रङ्गमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैँकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैँक अंग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..