तेमाल प्रवेश गर्न बोधिचित्त व्यापारीले कोरोना रिपोर्ट अनिवार्य बुझाउनुपर्ने

तेमाल प्रवेश गर्न बोधिचित्त व्यापारीले कोरोना रिपोर्ट अनिवार्य बुझाउनुपर्ने 1

काभ्रे । जिल्लाको तेमाल गाउँपालिकामा बोधिचित्त माला खरीद गर्न आउने व्यापारीहरुले कोरोना जाँचको रिपोर्ट अनिवार्य बुझाउनुपर्ने भएको छ ।

बोधिचित्त माला पाईने तेमाल गाउँपालिकाको विभिन्न वडामा व्यापारीहरु आवत जावत गरीरहेको सुचना आएकोले अनिवार्य कोरोना जाँचको रिपोर्ट बुझाएपछि मात्रै गाउँपालिका प्रवेश गर्न दिईने सुचनामा उल्लेखछ ।

यस समयमा बोधिचित्तको माला टिप्ने बेला भएका कारण स्वदेशी तथा विदेशी व्यापारीहरुको आवात हुने गर्दछ । तेमाल गाउँपालिकाभित्र प्रवेश गर्न चाहाने स्वदेशी ब्यापारीले आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्नेछ ।

विदेशी व्यापारीहरुको हकमा पिसिआर परीक्षण गरी नेगेटिभ भएको रिपोर्ट अनिवार्य पेश गर्नुपर्नेछ । सूचनालाई वेवास्ता गरेमा नियमानुसार १४ दिन गाउँपालिकाले व्यवस्था गरेको क्वारेटाइनमा राखिने र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै आवज जावात गर्न दिइने पालिकाले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..