नेपमालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा २३ सहित बुधबार नेपालमा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित थप २ सय ५५ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म आइसोलेशनमा रहने बिरामीको संख्या ८ हजार ८ सय २८ पुगेको छ भने, क्वारेन्टिनमा २५ हजार ४० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

बुधबार थपिएका संक्रमित मध्ये झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।

यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना थपिएका छन् ।

सरकारले स्थानीय तहहरुबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरेबापत शूल्क लिइरहेको खबर आएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..