उपचारका नाममा रकम संकलन गर्नेहरु साँँच्चिकै पीडित हुन्छन् ? यो खबर पढ्नुस्

विभिन्न रोग लागेका नाममा आर्थिक सहयोग माग्नेहरुको विभिन्न विज्ञापन तपाईले पनि देख्नु भएकै होला । वरपर शायद यस्ता धेरै मानिस भेट्नु पनि भएको होला । तर के जति मानिस सहयोग माग्न आउने गर्दछन्, ती सबैमाथि विश्वास गर्नु उचित होला ?

अस्ट्रेलियाको यो खबर पढेपछि शायद तपाई पहिलाभन्दा निकै बढी सतर्क रहनु हुनेछ । अस्ट्रेलियाकी एउटी महिलाले क्यान्सरको कुरा गरेर आफ्ना साथीहरु र नातेदारबाट पहिला त रकम असुल गरिन् र त्यसपछि त्यो पैसा सबै मोजमस्तीमा खर्च गरिन् ।

पछि सामाजिक सञ्जालबाट थाहा भयो कि क्यान्सर भएको कुरा पुरै झुटो थियो । त्यसपछि उक्त महिलालाई पक्राउ गरियो र तीन महिना जेलको सजाय सुनाइयो ।

२४ वर्षकी हना डिकन्सनले आफ्ना आफ्नै आमाबाबुलाई आफू क्यान्सरको उपचार गर्न विदेश जानुपर्ने बताइन् र त्यसका लागि रकम मागिन् ।

अदालतका अनुसार यसपछि उनका आमाबाबुले आफ्ना भएभरका चिनजानबाट आर्थिक सहयोग लिए । उनीहरुले २१ लाख आर्थिक सहयोग संकलन गरे । एकातिर जहाँ आर्थिक सहयोग स्वास्थ्योपचारका लागि दिइएको थियो, यता डिकन्सनले उक्त रकमको अधिकांश हिस्सा घुम्ने र मानिसहरुसँग भेटघाट गरेर मोजमस्तीमा खर्च गरिन् ।

मुद्दाको सुनुवाई गरिरहेका एक न्यायाधीशले डिकन्सनको यो हर्कतलाई घिनलाग्दो बताए। मेलबर्न मजिस्ट्रेट अदालतमा सुनुवाईका क्रममा डिकन्सनलाई धोकाधडीका सात वटा मुद्दामा दोषी ठहर गरेको छ। सुनुवाईका क्रम मजिस्ट्रेट डेविड स्टारवैगीले भने कि डिकन्सनले कयौ मानिसको भावनामा ठेस पुराएकी छन्।

उनले भने– डिकन्सनको यो कामबाट मानवीयता र मानिसको विश्वासमा धक्का लागेको छ। ती त्यस्ता व्यक्ति हुन जो मेहनत गर्दछन् र उनीहरुले आफ्नो मेहनतको कमाईबाट कटाएर कसैको उपचारका लागि रकम दिएका थिए ।

अदालतमा सुनुवाईका क्रममा भनिएको कि एक व्यक्ति जो स्वयमलाई क्यान्सरको उपचारपछि अस्पतालबाट घर फर्किएको थियो, उसले डिकन्सनलाई करिब पाँच लाख रुपैया दिए। यसका साथै अन्य एक व्यक्तिले पनि उनलाई चारपटक रकम दिए ।

धोकाधडीको यो घटना त्यतिबेला सार्वजनिक भयो जब आर्थिक सहयोग गर्ने एक व्यक्तिले डिकन्सनका केही तस्वीर फेसबुकमा राखेको देखे । त्यसपछि उनले प्रहरीलाई यस विषयमा सूचना दिए ।

डिकन्सनका वकिल बेवर्ली लिन्डसेले अदालतमा सुनुवाईका क्रममा सेलिब्रेटी ब्लगर बेले गिब्सनका उदाहारण दिए, जसले ब्रेन क्यान्सर भएको झुट बोलेका थिए र पछि वास्तविकता बाहिर आएपछि उनीमाथि करिब दुई करोड जरिवाना गरिएको थियो । लिन्डसेले डिकन्सनको पक्षमा वकालत गर्दै भने कि उनको तुलनामा कम पैसा प्राप्त भएको थियो ।

यद्यपि न्यायाधीशले आफ्नो फैसला सुनाउँदै भने कि यो दुवै मामिलाको कुनै तुलना गर्न सकिन्न । साथै यो अदालतको जिम्मेवारी हो कि उनीहरु यो सुनिश्चित गरुन् कि भविष्यमा यसप्रकारका कुनै घटना नहोस् । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..