चर्चित भारतीय अभिनेता अमिताब बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि

चर्चित भारतीय अभिनेता अमिताब बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि 1

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। उनले समाजिक सञ्जाल ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्।

अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चात आफू नानावती अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए। उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परिक्षण भएको र नतिजा पखिएर बसेको जानकारी गराएका थिए।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्। कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन्। उनले सबैलाई नआत्तिन आग्रह गरेका छन्।

त्यसैगरी बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
चर्चित भारतीय अभिनेता अमिताब बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि 2
उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

बच्चनले कोरोना रिपोर्ट पोजेटिभ आएपछि आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समय उनी फिल्म सुटिङमा पनि सक्रिय थिए। उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायत फिल्म आउँदै छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..