तपाईलाई थाहा छ, विवाहले डिप्रेशन यसरी अन्त्य गर्छ

एउटा भनाइ छ, बिहेको लड्डु जस्ले खान्छ त्यो पनि पछुताउँछ, र जसले खाँदैन त्यो पनि पछुताउँछ । यद्यपि एउटा अध्ययनले जे कुरा सार्वजनिक गरेको छ, त्यसबाट विवाह गरेपछि कुनै प्रकारको पश्चाताप नहुने संकेत मिलेको छ।

यो अध्ययनको नतिजाअनुसार विवाह गरेपछि डिप्रेशन भने कम हुन सक्दछ । अध्ययनका अनुसार जुन व्यक्तिले विवाह गर्दछ, जसको वार्षिक आम्दानी ६० हजार अमेरिकी डलरभन्दा कम छ, त्यसमा राम्रो कमाइ गर्ने अविवाहित व्यक्तिको तुलनामा डिप्रेशनको लक्षण कम पाइएको छ ।

यद्यपि अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार अधिक कमाइ गर्ने जोडीका लागि विवाहबाट त्यही प्रकारको मानसिक स्वास्थ्यलाभ प्राप्त गरेको देखिएको छैन।

जर्नल सोशल साइन्समा प्रकाशित अध्ययनको नतिजामा यो कुरा उल्लेख छ। शोधकर्ताहरुले एउटा राष्ट्रिय अध्ययनबाट तथ्याङ्क अध्ययन गरेका थिए, जसमा अमेरिकामा २४ देखि ८९ वर्ष उमेर समूहका ३ हजार ६ सय १७ जनासँगको साक्षात्कार समावेश थियो । यो कयौ वर्षदेखि विशिष्ट अन्तरालमा लिइएको थियो ।

यो सर्वेक्षणमा सामाजिक, मनोवैज्ञानिक, मानसिक र शारीरिक स्वास्थ्य पनि समावेश छ।

जर्जिया स्टेट युनिभर्सिटीका सहायक प्राध्यापक बेन लेनोक्स कैले भने–जुन मानिस विवाहित छ र जो एक वर्षमा ६० हजार अमेरिकी डलरभन्दा कम कमाइ गर्दछ, उनीहरुमा डिप्रेशनको लक्षण कम देखिन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..