स्वास्थ्यका लागि मात्र ६ सेकेन्डको कडा व्यायम

स्कटल्याण्डका शोधकर्ताहरुका अनुसार ६ सेकेन्डको छोटो अवधि तर भारी व्यायमबाट पाका नागरिकहरुको स्वास्थ्यमा निकै सकारात्मक प्रभाव पार्न सक्दछ ।

१२ जनामा गरिएको प्रारम्भिक अध्ययनमा कम अवधिको व्यायमबाट रक्तचाप र सामान्य सुधार देखिएको हो । विशेषज्ञहरुका अनुसार यो अध्ययनले कुनै पनि उमेरमा गरिने कसरतको फाइदा पुष्टि गर्दछ । एबेर्टे युनिभर्सिटीको शोधकर्ताहरुका अनुसार योबाट पाको उमेरका मानिसमा हुने ठुलो खर्च कम हुनेछ ।

यो अध्ययनमा सेवा निवृत्त व्यक्तिहरुको एउटा समूह प्रयोगशालामा हरेक साता दुई पटक आउँथे । उनीहरुले एउटा विशेषाइकमा ६ सेकेन्ड व्यायम गर्दथे । यो क्रिया उनीहरुले लगातार ६ सातासम्म दोहोराए ।

डाक्टर जन बैबराज भन्छन्–धेरै रोगहरु अधिक समय बसिरहनुसँग सम्बन्धित छ । जस्तो मुटुसँग सम्बन्धित रोग, डायबिटिज आदि । तर, यदि मानिसहरुलाई सक्रिय राख्ने हो भने यसप्रकारको खतरा कम हुन सक्छ ।

उनी भन्छन्–यसबाट पाका नागरिकहरुको सामाजिक सक्रियता पनि बढ्नेछ । उनीहरु बढी मानिसहरुसँग हेलमेल बढाउन सक्नेछन् ।

यो शोधको नतिजा जर्नल अफ अमेरिकन जेरिएट्रिक्समा प्रकाशित छ । अध्ययनमा सहभागीहरुको रक्तचाप ९ प्रतिशतसम्म कमी आएको थियो । अध्ययनका अनुसार सहभागीहरुको मांसपेशीमा अक्सिजनको प्रवाह क्षमतामा समेत सुधार आएको थियो ।

यसबाट उनीहरुमा कुर्सीबाट उठ्नु र कुकुर लिएर बाहिर डुलाउनेजस्ता दैनिक गतिविधिमा सहज भएको थियो । डाक्टर बैबराज भन्छन्–घरमै पनि मानिसहरु यसप्रकारको व्यायम गर्न सक्छन् । तर, पहिला उनीहरुले चिकित्सकको सल्लाह भने लिनुपर्ने छ कि उनीहरुको स्वास्थयसँग सम्बन्धित कुनै समस्या छ कि छैन ।

यो अध्ययनको नतिजाका विषयमा विभिन्न प्रश्न पनि उठाइएको छ । कम अवधिमा कडा शारीरिक व्यायम सामान्य व्यायमभन्दा कति सुरक्षित छ भन्ने विषयमा आलोचकहरुले प्रश्न उठाएका छन् ।

व्यायमका कारण तिब्र हृदयगति र रक्तचाप बढ्दा हृदयघात हुन सक्छ र मुर्छा पर्ने सक्ने सम्भावना रहने उनीहरुको तर्क छ।

यस विषयमा डाक्टर बैबराज भन्छन्–लामो अवधिसम्म दौड्दा ‘मुटुमा बढी दबाव पर्दछ’ र, छोटो अवधिका लागि उच्च तिब्रतायुक्त प्रशिक्षणमा कठोर श्रम गर्दा पनि यस्तो हुने गर्दछ ।उनले लामो अवधिको परिक्षण भइरहेको भन्दै बढी उमेरका मानिसमा हुने लाभका बारेमा विस्तृत जानकारी जुटाइने उनले बताए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..