स्वास्थ्यका लागि यस्तो रहेछ तामाको महत्व

लण्डन । आयुर्वेद विद्यामा स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिने तामालाई विज्ञानले पनि मान्यता दिएको छ। आयुर्वेद शास्त्रअनुसार रातभर तामाको गाग्री वा अम्खरामा राखेको पानी पिउने हो भने धेरै विमारी निको हुने गर्दछ ।

बर्गिघमको एक अस्पतालले गराएको अध्ययनले आयुर्वेदिक मान्यता निकै हदसम्म तथ्यमा आधारिक रहेको पुष्टि गरेको छ। यद्यपि अस्पताले पानीमा नभएर अर्कै परीक्षणबाट यो पुष्टि गरेको हो । अध्ययनकर्ताहरुले एक पारम्परिक शौचालयको सिट, पाइप, हैण्डल तथा ढोकाका पुस(प्लेट हटाएर त्यसको सट्टा तामाको सामान बनाएर लगाएका थिए।

यसबाट उनीहरुले अर्को पारम्परिक शौचालयको जडित वस्तुको सतहमा रहेका हानिकारक जीवाणुहरुको घनत्वको तुलनामा तामाबाट बनाइएको वस्तुको सतहमा प्राप्त जीवाणुको घनत्व निकै कम फेला पारेका थिए । अन्य वस्तुबाट तयार सामानमा भन्दा जीवाणुको उपलव्धता तामाको वस्तुमा ९० देखि १०० प्रतिशतसम्म कम पाएपछि शोध टोलीले स्वास्थ्यमा तामाको महत्व पुष्टि गरेको हो ।

शोध टोली प्रमुख युनिभर्सिटी अस्पताल बर्मिघम (यूएचबी) का प्राध्यापक टाम इलियट भन्छन्, बर्मिघम तथा दक्षिण अफ्रीकाका अस्पतालको भूइंमा प्रयोग गरिएको तामाका पाता परिक्षणबाट पनि यसको प्रयोगबाट हानिकारक किटाणु हटाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने पुष्टि गर्दछ ।

उनकाअनुसार कांपर बायोसाइडको प्रयोगसंग जोडिएका शोधहरुबाट पनि तामाले संक्रमणबाट टाढा राख्ने पुष्टि गरिसकेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..