नेकपाले साउन ४ गते सम्म स्थायी समिति बैठक स्थगित गरेर, ३ गतेलाई सचिवालय बैठक बोलायो

२ साउन, काठमाडौं । साउन ४ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो, यस अघि तीन नेताको बीचमा स्थायी समितिको बैठक बस्नेत सहमति भएको थियो ।

साउन ३ गते शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राजमार्गलाई बताउनु भयो।

नेकपा अध्यक्षद्वयकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको थियो।

नेकपाको सचिवालयको बैठक असार ६ गतेदेखि यता बसेको छैन । नेकप सचिवालयमा ६ जना अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षलाई समर्थन गरेका छन् भने बाँकी प्रधानमन्त्री सहित ३ जना ओली पक्षमा रहेका छन् ।

विवादकै कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन।

सहमतिका लागि भन्दै पटकरपटक बैठक स्थगित हुँदै आएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..