
२ साउन, काठमाडौँ — कृषि ऋण लिएका कृषक ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो । यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनरले बताउनु भयो ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा ७० प्रतिशत
नेपाल राष्ट्र बैंकले अब सेयर लगानीकर्ताले बैंकबाट सेयर धितोमा कर्जा लिदा धितोको ७० प्रतिशतसम्म लिन सक्ने छन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।
नयाँ भुक्तानी सेवा सञ्चालन अनुमति रोक्का, ३ लाख ग्राहक तथा ६ लाख मासिक कारोबार नभए खारेज हुने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति रोकिएको छ।
नेपाल राष्ट्र बैंकले यस्तो अनुमति स्थगित गरिएको घोषणा गरेको छ।
आर्थिक वर्ष २०७७ ०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले नयाँ अनुमति दिने कार्य स्थगन गरिएको घोषणा गरे।
उनले यसअघि अनुमति पाएका संस्थाले पनि २०७८ असार मसान्तसम्म ३ लाख ग्राहक नपुर्याए तथा मासिक औषत कारोबार संख्या ६ लाख नभएमा अनुमति खारेज गरिने जानकारी दिएका छन्।
बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने
बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको थियो ।
गभर्नर अधिकारीले आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।
विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उनले बताए । आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत गभर्नर अधिकारीले जानकारी दिए ।
वर्ष २०७७र७८ को मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जर ९बिग मर्जर० लाई प्रोत्साहन गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने बताएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जानेलाई सुविधा दिइने बताए ।
मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०।५ प्रतिशत छुट दिने, वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने साथै सञ्चालक समितिका सदस्यका कुलिङ पिरियड लागू नहुने लगायतका सुविधा दिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
बैंकहरुलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौद्रिक नीतिको लक्ष्य रहेको भन्दै उनले सुविधा दिएर मर्जरमा लैजाने नीति लिएको बताए । मर्जरका लागि प्रयास नै नगरेको अवस्थामा भने कारबाही हुने उनले बताए ।