
काठमाडौं । नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाभाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६।१२ प्रतिशत संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८६ जनाको पीसीआर टेस्ट गरिएको छ । हाल क्वरोन्टिनमा २२ हजार ७५७ र आइसोलेसनमा ५ हजार ८७१ संक्रमित रहेका छन् ।
निको हुने बढे
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाभाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८६ जनाको पीसीआर टेस्ट गरिएको छ । हाल क्वरोन्टिनमा २२ हजार ७५७ र आइसोलेसनमा ५ हजार ८७१ संक्रमित रहेका छन् ।
थप एक जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
डाइविटिज र मुटुको दिर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ स्थानीय हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
उपचार हुँदै
अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।
पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । क्वारेन्टिनहरुमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।