
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन अस्पताल भर्ना भएकी छन् ।
स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्या शुक्रबार साँझ मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी हुन् ।
४६ वर्षीया ऐश्वर्यालाई केही दिनअघि कोभिड–१९ को परीक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।
ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ ।
Loading...